जाजरकोट- जाजरकोट जिल्लामा पहिलो पटक स्वास्थ्य सम्बन्धि डिप्लाेमा इन फार्मेसीकाे पढाइ सुरु भएको छ।
कुनै पनि प्राविधिक शिक्षालय नभएको जाजरकोटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले फार्मेसी कक्षा सुरु गरेको हो।
सदरमुकाम खलंगामा जाजरकोट स्कुल अफ हेल्थ साइन्स एन्ड एलाइड मार्फत आइतबारदेखि कक्षा सुरु गरिएको हो। ४० जना विद्यार्थी भर्ना भएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले बिस्तारित कार्यक्रम अन्तर्गत ३ वर्षे डिप्लोमा कार्यक्रम सुरु गरिएको जानकारी दिए।
दुर्गममै फार्मेसी पढाई हुन थालेपछि पढाईकै लागी लाखौ खर्चेर जिल्ला बाहिर जानु पर्ने बाध्यता हट्ने अपेक्षा राखिएको छ।