काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतका निजी मेडिकल कलेजहरुले शुल्कका विषयमा सरकारलाई ५ बुँदे प्रतिबद्धता बुझाएका छन्।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग मंगलबार भेटेर केयू अन्तर्गतका निजी मेडिकल कलेजका सञ्चालकहरुले प्रतिबद्धता जनाएका हुन्। उनीहरुले विश्वविद्यालयको परिपत्र अनुसार नै आफूहरुले एमबिबिएस र बिडिएसमा शुल्क लिएको दाबी गरेका छन्।
शिक्षा मन्त्रालयका नाममा सञ्चालकहरुले जनाएको उक्त प्रतिबद्धता पत्रमा शुल्कको विषयमा आफूहरु अहिले अन्यायमा परेको पनि दाबी गरेका छन्।
‘हामीले विश्वविद्यालयले तोकेको शिर्षकको शुल्क भन्दा थप रकम नलिएको अवस्था भएकोले यस विषयमा न्यायोचित निर्णय लिइयोस् भनी अनुरोध गर्दछौ,’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘यति हुँदाहुँदै पनि नेपाल सरकारको निर्णय अन्यथा भएमा हामी नेपाल सरकारको निर्देशन अनुसार ती शुल्कहरु कटाई बाँकी शुल्क माग गर्न आउने विद्यार्थी वा अभिभावकज्युहरुलाई २०७५र०७६ को रकम माननीय मन्त्रीज्युको निर्णयको अधिनमा रही समायोजन गर्न हामी प्रतिबद्ध रहेको व्यहोरा समेत यसै पत्रद्वारा जानकारी गराउँदैछौ।’
केयूले तोकेको शुल्कभन्दा बढी शुल्क नलिएको दाबी गर्दै उनीहरुले सरकारको निर्देशन अनुसार शुल्क समायोजन गर्न तयार रहेको पनि प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन्।
हेरौँ प्रतिबद्धता पत्र


