काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। 'हिजोको भन्दा आज निकै सुधार भएको छ', अस्पताल स्रोतले जानकारी दियो।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको 'एपेन्डिसाइटिस'को आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो। परीक्षणमा उनलाई 'पेरिटोनाइटिस' (पेटमा संक्रमण) पनि देखिएपछि तुरुन्तै 'ल्यापरोटोमी' गरिएको थियो।
प्रधानमन्त्री ओलीलाई डा रमेशसिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको हो।