काठमाडौं– राष्ट्रिय सभाकी सांसद शान्ति कुमारी अधिकारी जिसीको मिर्गौला प्रत्यारोपण सफल भएको छ।
प्रदेश नं. ४ बाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेकी सांसद जिसीको शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको हो।
पाँच दिनअघि प्रत्यारोपण गरेकी उनी हाल अस्पतालमै स्वास्थ्य लाभ लिइरहेकी छिन्। उनको स्वास्थ्य अवस्था राम्रो रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
तत्कालिन नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी जिसीको केही समयअघि दुवै मिर्गौलाले काम गर्न छाडेको थियो।