काठमाडौं- त्रिभुवन विश्व विद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगंजले शुल्क समायोजन तथा शैक्षिक कार्यक्रम नियमित गर्ने २ बुँदे निर्णयलाई कार्यान्वयन गरि पठनपाठन तथा परीक्षाका कार्यक्रम सुचारु रुपमा संचालन सम्बन्धित सबैमा अनुरोध गरेको छ।
आइओएम डीन कार्यालयले यही मंसीर १८ गतेबाट हुने परीक्षाहरुको लागि विलम्ब शुल्क तिरेर मंसीर १५ गतेसम्म फर्म सकिने समेत जनाएको छ।
एमबिबिएस÷ बिडिएसका विद्यार्थीहरुले कलेजहरुले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलन गरेकापछि परीक्षाबारे अन्योलता बढेको थियो।
मंसीर १० गते शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय र सम्बन्धन प्राप्त कलेजका प्रतिनिधिहरुको उपस्थितिमा सरकारले तोकेको शुल्क कार्यान्वय बैठक बसेको थियो।
