काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य स्थितिबारे जानकारी गराएका छन्।
बैठकले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओलकिो स्वास्थ्य लाभको कामना समेत प्रस्ताव समेत पारित गरेको छ।
बैठकबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा भएको सुधार प्रति प्रशन्नता व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामनाको प्रस्ताव समेत पारित गरिएको बताए।
‘आवश्यकता अनुसार डायलासिसको प्रक्रिया भइरहेको र मिर्गौला फेर्ने नफेर्नेबारे प्रधानमन्त्री डिस्चार्ज भएपछि चिकित्सकको सल्लाह अनुसार निर्णय गरिनेछ,’ प्रवक्ता श्रेष्ठले भने।