काठमाडौं- पब्लिक हेल्थ नर्स कल्पना पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवाको छैठौं तहमा कार्यरत नर्स पौडेलविरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको हो।
नर्स पौडेलले जिल्ला स्वास्थ्य कार्यालय पाल्पाबाट परिवार नियोजन शिविर सञ्चालन गर्ने क्रममा सरसामान ढुवानी गर्ने, ग्राहक लिन र पुर्याउन जाने प्रयोजनका लागि गाडी भाडा प्रयोग गरी ८१ हजारको फर्जी भरपाई संलग्न गरी रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको हो।
अख्तियारले पौडेललाई भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो।