काठमाडौं- गण्डकी मेडिकल कलेजमा एमबिबिएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र बाहिरिएको छ। प्रश्नपत्र बाहिरिएपछि कलेजमा विवाद सुरु भएको छ।
कलेजले बढी शुल्क लिएको विरोधमा पहिलो वर्षका विद्यार्थीहरुले परीक्षा भने बहिष्कार गरेका थिए। उनीहरु कलेज बाहिर बसेर विरोध गरिरहेका थिए।
यही बिचमा कलेजका प्रिन्सिपल र सिइओका छोराछोरीसहित पाँच जनाले भने परीक्षाा दिएको चिकित्सा शिक्षा संघर्ष समितिका महासचिव अनित सिन्हाले जानकारी दिए। उनका अनुसार अरु विद्यार्थीले भने परीक्षा बहिष्कार गरेका छन्।
परीक्षा हुनु अगावै प्रश्न पत्र बाहिरीएको थाहा पाएपछि भित्र पसेर विरोध गरेका विद्यार्थीलाई प्रहरी हस्तक्षेप गरी ९ जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए।
प्रहरी लाठी चार्ज गर्दा ढोकाको सिसा फुटेको छ भने सो क्रममा एक जना विद्यार्थीको हातमा काटेका बताइएको छ।
९५ जना विद्यार्थी पहिलो वर्षमा अध्ययनरत छन्। तर परीक्षामा कलेज सञ्चालकका दुई र अन्य गरी पाँच जनाले मात्र सहभागी भएको बताइएको छ। परीक्षा बिहान १० बजेदेखि २ बजेसम्म हुन्छ।
बाहिरएकाे प्रश्नपत्र
.jpg)