काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुने भएका छन्। दश दिनदेखि उपचाररत प्रधानमन्त्री दिउँसो ३ बजे डिस्चार्ज हुने प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराए।
एपेन्डिसाइटिसको उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्।
प्रधानमन्त्रीको यसै अवधिमा ८ पटक डायलाइसिस पनि भएको छ। प्रधानमन्त्री ओलीको १२ वर्ष अघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस सुरु गरिएको हो।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।