एजेन्सी– भारतको हैदराबादको एक डाक्टर बलात्कार काण्डका चार अभियुक्त प्रहरी कारबाहीमा मारिएका छन्। हैदराबादबाट ५० किलोमिटर टाढा रहेको महबुब नगर जिल्लाको चटनपल्ल गाउँमा चार अभियुक्त इन्काउन्टरमा मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
तेलंगना प्रहरीका एडिजी जितेन्द्रका अनुसार शुक्रबार बिहानीपखको ३ बजे चार अभियुक्त प्रहरी कारबाहीमा मारिएकाे बताइएकाे छ। मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु मारिएका हुन्।
यी चार अभियुक्तलाई लिएर बिहीबार राति प्रहरी घटना भएकाे भनिएकाे जंगलमा गएकाे थियाे। जहाँ उनीहरुले बलात्कारपछि ती डाक्टरलाई जलाएका थिए। ती महिला पशु डाक्टर हुन्।
जंगलमै प्रहरीमाथि अभियुक्तले हमला गर्न खोजेपछि भएको मुठभेडमा उनीहरुकाे मृत्यु भएको प्रहरीको दाबी छ। उनीहरु १४ दिनदेखि न्यायीक हिरासतमा थिए।हैदराबादको २८ नम्बर क्षेत्रको एक टोलमा २६ वर्षीया डाक्टरकाे शव जलेको अवस्थामा फेला परेको थियो। पोस्टमार्टम रिपोर्टले ती युवतीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो।