काठमाडौं- नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ। परीक्षामा एमबिबिएस तर्फ ४९ र बिडिएस तर्फ ४२ प्रतिशत पास भएका छन्।
परीक्षामा एमबिबिएस र बिडिएस गरी १६ सय ३२ जना सहभागी भएका थिए। सहभागीमध्ये एमबिबिएसमा ५१ र बिडिएसमा ५८ प्रतिशत फेल भएका हुन्।
काउन्सिलले शनिबार बिहान लिएको परीक्षाको नतिजा साँझ सार्वजनिक गरेको हो।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।