काठमाडौं- नेसनल मेडिकल कलेज प्रशासन र कलेजमा अध्ययनरत विद्यार्थीबीच ४ बुँदे सहमति भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहभगितामा दुवै पक्षबीच सहमति भएको हो।
शिक्षा मन्त्रालयका तर्फबाट छलफलका लागि शिक्षा मन्त्रीका स्वकीय सचिव पुरन केसी वीरगञ्ज पुगेका थिए। छलफलमा बढी शुल्क फिर्ता र समायोजन गर्ने लगायतका ४ बुँदे सहमति भएको हो। सहमतिमा आन्दोलन स्थगित गर्दै पठन पाठन सुरु गर्ने कुरा समेत रहेको छ।
सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थी एक महिनादेखि आन्दोलनमा थिए।