काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली फेरि मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका छन्।
एपेन्डिसाइटिसको शल्यक्रियापछि १० दिन अस्पताल बसेर डिस्चार्ज भएका प्रधानमन्त्री ओली मंगलबार साँझ फेरि अस्पताल पुगेका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित डायलाइसिसका लागि अस्पताल गएको बताए।
'नियमित डाइलासिसका निम्ति साँझ मनमाेहन सेन्टर महाराजगन्ज जानुभएकाे छ। उहाँ आजै निवास फर्कनुहुनेछ' उनले भने।
ओलीको मंसिर १० गते एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो। शल्यक्रिया गरेको १० दिनपछि १९ गते डिस्चार्ज भएका थिए।
प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछि केही समययता नियमित डायलाइसिस हुँदै आइरहेको छ।