काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाटन र विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिडिएस र बिएससी नर्सिङ विषयमा ७५ प्रतिशत छात्रवृत्तिमा अध्ययनमा पूर्वमनोनयनमा परेका विद्यार्थीकाे सूची सार्वजनिक गरेकाे छ।
मन्त्रालयले मंगलबार राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम ७५ प्रतिशत छात्रवृत्ति सीट कायम गरिएका पाटन र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे बीएससी नर्सिङ र बिडिएसमा छात्रवृत्तिमा अध्ययन गर्न निवेदन दिएकाहरु मध्ये पूर्वमनोनयनमा परेकाकाे सूची प्रकाशित गरेका हो।
मन्त्रालयले बिडिएसतर्फ ३८ जना र बिएससी नर्सिङतर्फ ३० जना उम्मेद्वारको नामावली प्रकाशित गरेको हो। मन्त्रालयले मंसिर २४ गते निर्णय गर्दै पूर्वमनोनयमा परेका उम्मेदवारहरुलाई अनलाइन आवेदन दिँदाको भरेका सबै काजजातको सक्कल एक प्रति र नक्कल एकप्रति, अटोसाइटको फोटोसहित छात्रवृत्ति शाखामा मंसिर २९ गते भित्र सम्पर्क गर्न भनेकाे छ।
शाखाले पूर्वमनोनयमा कसैको दाविविरोध भएमा उम्मेदवार स्वयम्ले मंसिर २६ गतेभित्र निवेदन दिनुपर्ने जनाएको छ। अध्ययनमा असमर्थ हुने उम्मेदवारले पनि मंसिर २९ गते भित्र स्वयं उपस्थित भई निवेदन दिनुपर्नेछ।
हेरौँ सूची