काठमाडौं- ऐनेस्थेसिया क्षेत्रमा भएका पछिल्ला उपलब्धिबारे छलफल हुने भएको छ।
चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पस ऐनेस्थेसिया विभागले ‘करेन्ट २०१९’ कार्यक्रम अन्तर्गत त्रिवि शिक्षण अस्पतालमा मंसिर २८ गते ऐनेस्थेसिया, क्रिटिकल केयर र दुखाइ व्यवस्थापनमा भएका उपलब्धिबारे सामूहिक छलफल गर्न लागेको हो।
सो छलफलमा देशभरका १०० भन्दा बढी ऐनेस्थेसियाका विशेषज्ञ र आवासीय चिकित्सकको उपस्थिति हुने बताइएकोछ।
महाराजगञ्ज क्याम्पसका ऐनेस्थेसिया विभाग प्रमुख डा अनिल श्रेष्ठले केही वर्षयता ऐनेस्थेसिया क्षेत्रमा भएका उपलब्धिबारे अद्यावधिक ज्ञानको जानकारी गराउने बताए।