काठमाडौं- नेपाल चिकित्सक संघको केन्द्रिय कार्यकारिणी समितिको नयाँ कार्यकालका सहभागी हुने उम्मेवादवारले शनिबार १ बजेसम्म मनोनयन पत्र दर्ता गराउन समय तोकिएको छ।
संघको आउँदो माघ ४ देखि २१ गतेसम्म शाखा कार्यालय र केन्द्रिय कार्यकारिणी समितिको ०७६-७९ कार्यकालका लागि निर्वाचन हुँदैछ ।
प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले सूचना जारी गर्दै निर्वाचनमा उम्मेदवार हुन चाहने संघका आजीवन सदस्यले शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ४ बजे सम्म र शनिवार बिहान १० बजेदेखि दिउसो १ बजेसम्म मनोनयन पत्र दर्ता गराउन सक्ने जनाएका छ्न।
शनिवार १ बजेपश्चात् निर्वाचन कार्यक्रमको कामकाज नहुने प्रमुख निर्वाचन अधिकृत मरासिनीले बताए। निर्वाचन समितिले मंसिर ३० गते उम्मेदवारको अन्तिम नामावली नामावली प्रकाशित गर्ने छ।
