काठमाडौं- नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका उम्मेदवारी मनोनयन पत्र दर्ता गराउने चिकित्सकको नामावली सार्वजनिक भएको छ।
निर्वाचन समितिले मनोनयन पत्र दर्ता गर्न शनिबार १ बजेसम्म अन्तिम समय दिएको थियो। अध्यक्षमा वर्तमान महासचिव डा लोचन कार्की र डा पुष्पमणि खराल, महासचिवमा डा बद्री रिजाल, डा अजयकुमार मिश्र, डा दिपेन्द्र पाण्डे र डा मधुर बस्नेतले मनोनयन पत्र दर्ता गराएका छन्।
केन्द्रिय कायएकारिणी समितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवलगायत गरी ३१ जनाले मनोनयन पत्र दर्ता गराएको सुची निर्वाचन समितिले जारी गरेको छ। संघको आँउदो मात्र ४ देखि २१ गतेसम्म शाखा कार्यालय र केन्द्रिय कार्यकारिणी समितिको ०७६-७९ कार्यकालका लागि निर्वाचन हुँदैछ।
निर्वाचन समितिले मंसिर ३० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने जनाएकोे छ।

