काठमाडौं- नेपाल चिकित्सक संघले राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा नेपाल डेन्टल एसोसिएसनको प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
संघले नेपाल मेडिकल काउन्सिलमा समेत डेन्टल एसोसिएसनको प्रतिनिधित्व सुनिश्चित गरिएकाले आयोगमा पनि प्रतिनिधित्व भएमा आशातित प्रतिफल हासिल गर्न सकिने जनाएको छ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा दन्त चिकित्सकको महत्वपूर्ण रहेको पनि चिकित्सक संघले जनाएको छ।

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।