काठमाडौं- सरकारले सहिद गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा चन्द्रमणि अधिकारीलाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसख्यामन्त्री भानुभक्त ढकालले डा अधिकारीलाई निर्देशक नियुक्तका लागि मन्त्रीपरिषदमा प्रस्ताव पेश गरेका थिए।
सोमबार बसेको मन्त्रीपरिषदको बैठकले मुटुरोग विशेषज्ञ डा अधिकारीलाई चारवर्षे कार्यकालका लागि नियुक्त गरेको हो। हाल गंगालालका निमित्त कार्यकारी निर्देशकमा डा युवराज लिम्बु जिम्मेवारीमा थिए। उनलाई अघिल्लो पटकका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नियुक्त गरेका थिए।
डा लिम्बुअघि गत साउन २५ चार गते वर्षे कार्यकाल डा ज्योतिन्द्र शर्माले पुरा गरि बिदा भएका थिए।