राजविराज– नेपाल नर्सिङ संघको नयाँ नेतृत्वका लागि आज मतदान भइरहेको छ।
१९औं कार्यसमितिका लागि भएको मतदानमा सप्तरीवाट ४० जनाले मतदान गर्नेछन्। जसमध्ये दिउसो साढे २ वजेसम्म ३० जनाले मतदान गरिसकेको मतदान अधिकृत कमला आचार्यले बताइन्।
संघको नयाँ नेतृत्वका लागि सप्तरीको राजविराज सहित प्रदेश २ मा ३ र देशभर २१ मतदान केन्द्र तोकिएको छ। ५८ वर्ष पुरानो भएर पनि संघको निर्वाचनका लागि पहिलो पटक केन्द्र निर्धारण भएका कारण सप्तरीको राजविराजमा मतदाताहरु उत्साहित छन्।
जनकपुर तथा विराटनगर पुगेर मतदान गर्नुपर्ने बाध्यता हटेको भन्दै मतदाता लक्ष्मी चौधरीले खुसी व्यक्त गरिन्।
निर्वाचनमा संयुक्त पेशागत प्यानलबाट प्रा मुना राना थापा र प्रगतिशील प्यानलबाट प्रा मनकुमारी राईबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुँदैछ। हरेक तीन वर्षमा हुनुपर्ने निर्वाचन पाँच वर्षपछि हुन लागेको हो।



