काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको सहसचिव पदमा रघुराम विष्टलाई पठाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव विष्ठलाई स्वास्थ्यमा सरुवा गर्ने निर्णय गरेको हो।
विष्ट ४ वर्ष अघि पनि स्वास्थ्य मन्त्रालयमा सहसचिवका रुपमा कार्यरत थिए। स्वास्थ्यबाट उनलाई त्यतीबेला सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा गरिएको थियो।
स्वास्थ्यमा प्रशासन तर्फका दुई सहसचिवको पद रहेको छ। प्रशासन र जनसंख्या महाशाखामध्ये मन्त्रालयमा हाल जनसंख्या महाशाखा खाली छ। जनसंख्या महाशाखामा रहेको सहसचिव मधुसुदन बुर्लाकोटी प्रदेश नं ३ मा सचिव भएर गएपछि सो पद खाली भएको थियो।