काठमाडौं- नेपाल नर्सिङ संघको निर्वाचन सकिएको छ। पाँच वर्षपछि भएको संघको निर्वाचनमा आएका मतदाताले नर्सिङका समस्या उठाउन सक्ने नेतृत्व आवश्यक भएको बताएका छन्। लामो समयसम्म एउटै राजनीतिक आस्था भएको नेतृत्वले संघ चलाएका कारण पनि नर्सका हकहितका विषय प्रभवकारी रुपमा उढ्न नसकेको गुनासो नर्सहरुले गरेका छन्। संघको निर्वाचन र नयाँ नेतृत्वसँग नर्सले गरेका अपेक्षालाई समेटिएको रिर्पोटः
नेपाल नर्सिङ संघले बिहीबारसम्म नयाँ नेतृत्व पाउँदै छ। देशभरका २१ वटा मतदान केन्द्रमा मतदानको भएको छ। लामो समय एउटै राजनीति अस्था भएको नेतृत्वले संघ चलाएका कारण नर्सको हक हितका विषय कार्यान्वयमा आउँन नसकेको नर्सहरु बताउँछन्। नर्सिङ पेशामा नभएपनि मतदान गर्न पुगेकी प्रतिनिधि सभा सांसद सुजिता शाक्यले लामो समयदेखि रोकिएको नर्सको पदोन्नतिको विषय पनि अबको नेतृत्वले उठाउँनु पर्ने बताइन। उनले नर्सलाई गुणस्तरीय बनाउन बिरामी र नर्सको अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको अनुपात पनि आवश्यक रहेको सुझाइन।
सरकारी जागिरबाट औचारिक रुपमा अवकाश पाएकी जानकी केसी नर्सिङ संघले अपेक्षित रुपमा नर्सका विषयलाई उठाउन नसकेको गुनासो गर्छिन्।
नर्सिङ पेसामा जति नै सिनियर भएपनि स्वास्थ्य संस्थाको नेतृत्व नर्सलाई गर्न नदिने परिपाटी अन्याय पूर्ण भएको नर्सको गुनासो रहँदै आएको छ।
उपत्यका भित्र र बाहिर काम गर्ने नर्सलाइए एउटै व्यवहार गर्ने प्रवृत्ति फेरिनुपर्ने नर्सहरुको भनाइ छ। जोखिम भत्तालगायत अन्य विषय लामो समयदेखि उठाउँदै आएपनि सुनुवाई नभएको भन्दै अबको नेतत्वलाई यस्ता विषय तर्फ ध्यान केन्द्रीत गर्न उनीहरुको सुझाव छ।
विगतको नेतृत्वले संघमा राजनीति भित्राएको, नर्सका सवाललाई उठाउन नसकेको भन्ने आरोपलाई नयाँ नेतृत्वले कसरी गलत सावित गर्छ हेर्न भने बाँकि नै छ।