काठमाडौं- नेपाल नर्सिङ संघको निर्वाचनमा प्राध्यापक मनकुमारी राई नेतृत्वको प्यानल विजयी भएको छ।
बुधबार काठमाडौं सम्पन्न भएको संघको निर्वाचनमा दुई हजार १ सय २० मत खसेको मा राईले १ हजार २ सय मत प्राप्त गरेर विजयी बनेकी हुन््। प्रतिद्धन्दी संयुक्त पेशागत प्यानलकी प्राध्यापक मुनाराना थापाले ८ सय मत प्राप्त गरेकी छिन्।
दुवै अध्यक्षका उम्मेदवार महाराजगंग नर्सिङ क्याम्पसका प्राध्यापक हुन्। प्रा राई गतवर्ष सेवा निवृत्त भएकी थिइन। राई प्रा थापाकी गुरु समेत हुन्। नतीजाको औपचारिक घोषणा भने शुक्रबार दिउँसो २ बजे हुने निर्वाचन समितिले जनाएको छ।
बुधबार देशभरका २१ मतदान केन्द्रमा भएको निर्वाचनमा धरान, विराटनगर, वीरगंज र लमजुङ पेशागत प्यानलले जितेको छ भने बाँकी स्थानमा प्रगतिशील प्यानलले जित हासिल गरेको बताइएको छ।

