काठमाडौं- पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ। श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
निमोनियाको उपचारका लागि श्रेष्ठलाई अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा नै आज बिहान ५ बजे उनको निधन भएको हो।
निमोनिया भएपछि श्रेष्ठलाई मंगलवार त्रिवि शिक्षण अस्पतालको आइसियुमा राखेर उपचार गर्न सुरु गरिएको थियो।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।