काठमाडौं- नेपाल नर्सिङ संघको निर्वाचनमा प्राध्यापक मनकुमारी राई नेतृत्वको प्रगतिशील प्यानल विजयी भएको छ। निर्वाचन समितिले उम्मेदवारकाे अन्तिम मत परिणाम संघकाे फेसबुक पेजमा सार्वजनिक गरेेकाे छ। यद्यपि नतिजाको औपचारिक घोषणा भने शुक्रबार दिउँसो २ बजे हुने निर्वाचन समितिले जनाएको छ।
बुधबार काठमाडौं सम्पन्न भएको संघको १९औँ कार्यकार्य समितिका लागि भएको निर्वाचनमा अध्यक्ष निर्वाचित भएकी राईले तीन हजार २ सय ७६ मत प्राप्त गरेकी छिन्। उनकी प्रतिद्वन्द्वी संयुक्त पेसागत प्यानलकी प्राध्यापक मुनाराना थापाले दुई हजार ८५ मत प्राप्त गरेकी छिन्।
दुवै अध्यक्षका उम्मेदवार महाराजगञ्ज नर्सिङ क्याम्पसका प्राध्यापक हुन्। प्रा राई गत वर्ष सेवा निवृत्त भएकी थिइन। राई प्रा थापाकी गुरु समेत हुन्।
बुधबार देशभरका २१ मतदान केन्द्रमा भएको निर्वाचनमा धरान, विराटनगर, वीरगञ्ज र लमजुङ पेसागत प्यानलले जितेको छ भने बाँकी स्थानमा प्रगतिशील प्यानलले जित हासिल गरेको बताइएको छ।
कसले कति मत पाए
.jpg)