काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सिअहेव मिनबहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले विष्टविरुद्ध २ लाख ३४ हजार बिगो कायम गरि विशेष अदालतमा शुक्रबार आरोपपत्र दायर गरेको हो।
विष्टले नक्कली बिल भरपाई पेश गरी गाडी भाडावापत दुई लाख ३४ हजार रुपैयाँ हिनामिना गरेको देखिन आएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै आरोपपत्र दायर गरेको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।