आहारले शरीर र स्वास्थ्य दुवैमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ।
हामीले खाने खानाले आफूलाई मात्र नभएर हामी बसेको वातावरणमा पनि प्रभाव पार्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। आहारको उचित परिवर्तनबाट नै यी समस्याहरूको समाधान हुन्छ।
१) शारीरिक तथा वातावरणीय समस्या
हामीले खाने खाना स्वास्थ्यको लागि लाभदायी छ भनेर धेरैलाई जानकारी छ। तर, खानेकुरा सही तरिकाले खान विषयमा भने कमैले मात्र सोच्ने गर्छौं।
फरक तर स्वास्थ्यलाई असर गर्ने किसिमका आहारले हाम्रो जीवनलाई झन् कष्टकर बनाइरहेको हुन्छ।
यदि हामीले आहारमा ध्यान दियौं र उचित तरिकाले यसलाई परिवर्तन गर्यौंह भने हामी बसेको वातावरण पनि स्वतः परिवर्तन हुन थाल्छ।
आहारले कसरी वातावरणमा प्रभाव पार्न सक्छ भन्ने धेरैलाई लाग्न सक्छ तर विभिन्न अध्ययनअनुसार यो कुरा पुष्टी भइसकेको छ।
विशेष गरी वातावरणमा उब्जनी भएका प्रकृतिजन्य आहारबाट वातावरणमा हुने कार्वन उत्सर्जनलाई घटाउनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यसकारणले जीवनशैलीको उचित परिवर्तनले आफ्नो जिवनमा मात्र होइन वातावरणमा पनि प्रत्यक्ष फाइदा पुर्याजइरहेको हुन्छ।
हामीले गर्ने हरेक क्रियाकलापलाई आहारले प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ। त्यसैले शारीरिक स्वास्थ्यसँगै दैनिक क्रियाकलापमा पनि सकारात्मक परिवर्तन ल्याउन आहारको अत्यन्तै महत्व रहेको छ।
२) उच्च रक्तचाप
विश्वमा करीब साँढे सात करोड मानिसलाई उच्च रक्तचापको समस्या छ‚ जसलाई औषधीको माध्यमबाट नियन्त्रण गरिँदै आइएको छ। तर‚ आहार नै रक्तसञ्चालनमा सूधार ल्याउने मूख्य औषधी हो। उच्च रक्तचाप होस् या न्यून‚ जस्तोसुकै अवस्थामा पनि उचित आहारबाट नै यसलाई सन्तुलनमा ल्याउन सकिन्छ। त्यसैले अत्याधिक नुनिलो खाना‚ जङ्क फूड जसमा उच्च मात्रामा सोडियम मिसिएको हुन्छ त्यस्तो खानेकुरा नखानु उचित हुन्छ।
यदि तपाईंलाई उच्च रक्तचापको समस्या छ भने हरियो सागपात‚ केरा‚ जौबाट बनेका परिकारहरूको खानाले रक्तचाप नियन्त्रण हुन्छ।आहारको उचित परिवर्तनले उच्च तथा न्यून रक्तचापलाई सन्तुलनमा ल्याउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ।
३) स्मरण शक्ति र एकाग्रतामा ह्रास
उचित आहारको परिवर्तनबाट स्मरण शक्तिमा वृद्धि हुन्छ। आहारले शारीरिक स्वस्थ्यभन्दा मानसिक स्वास्थ्यमा बढी प्रभाव परिरहेको हुन्छ। बढी चिनीमिश्रित आहारले स्मरण शक्ति र एकाग्रतामा असर पार्छ। चिनीमिश्रित सोडा प्रयोग गरिरहेको खानाका कारणले अल्जाइमरसमेत हुने गरेको पाइएको छ।
बदाम‚ हरिया सागपात‚ काजु‚ ओखर आदिको आहारबाट स्मरण शक्ति तीक्ष्ण हुनुका साथै यसले एकाग्रता अभिवृद्धिमा पनि असाधारण परिवर्तन ल्याउँछ।
४) रक्तसञ्चारसम्बधी समस्या
डायबिटिज हुनेहरूका लागि रक्त सञ्चालनसम्बन्धी समस्या सामान्य मानिसमा भन्दा अधिक हुने भएकाले यसको समाधानका लागि आहारको उचित परिवर्तन एकदमै आवश्यक छ।पाचन प्रणालीमा सहयोग गर्ने किसिमका आहार जस्तैः प्याज‚ गोलभेँडा आदिको सेवनबाट पनि रक्तसञ्चारमा सन्तुलन कायम राख्न सकिन्छ। उचित मात्रामा पिइने पानीले पनि रक्तसञ्चार प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
५) पाचन प्रणालीसम्बन्धी समस्या
आहारको उचित परिवर्तनले पाचन प्रणालीमा प्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छ। अपच हुने‚ वान्ता हुने जस्ता समस्या समाधानका लागि आहारको उचित परिवर्तन अत्यावश्यक छ। वातावरणमा उब्जिएका हरिया सागपात‚ खस्रा किसिमका खानेकुरा‚ छोक्रा भएका खानेकुरा आदिको आहारबाट पाचन प्रणालीमा अधिक मात्रामा सहयोग पुगिरहेको हुन्छ।
त्यसैले आहारविहारको उचित परिवर्तनले नै सोचमा परिवर्तन आउँछ र सोच परिवर्तनबाट नै समाज र जीवनशैली परिवर्तन हुने भएकाले आहारको उचित परिवर्तनले धेरै कुरामा प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ।
भावानुवाद: प्रदिप खद्योत