काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा आयोगले एमबिबिएस, बिडिएस लगायतका विषयको भर्ना प्रक्रिया अगाडि बढाउन तीन बुँदे निर्णय गरेको छ। आयोगको कार्यकारी समितिको शुक्रबार बसेको बैठकले विश्व विद्यालय र प्रतिष्ठानले काउन्सेलिङ गरी भर्ना प्रक्रिया अगाडि बढाउन तीन बुँदे निर्णय गरेको हो।
आयोगले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ओपन हाउस काउन्सेलिङ गरेर भर्ना प्रक्रिया अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको हो।
आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीका अनुसार छात्रवृत्ति छनोटको काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने र अन्यको हकमा भर्ना प्रक्रिया अगाडि बढाउन भनिएको हो।
यस्तो छ आयोगको निर्णय
.jpg)