काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक बालुवाटारमा सम्पन्न भएको छ।
प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको बैठकले १२ वटा प्रस्ताव पारित गरेको छ।
प्रतिष्ठानमा एमडी एमएसका एमडिजिपी, अर्थोपेडिक्स, गाइनाे, पेडियाट्रिक्स लगायतका कार्यक्रम सञ्चालन गर्ने, स्नातकोत्तरमा इपिडिमियोलोजि, फर्मेसी कार्यक्रम सञ्चालन गर्ने लगायतका प्रस्ताव पारित भएको बताइएको छ।
साथै, प्रतिष्ठान छनौट समितिको अध्यक्षमा प्राडा गणेश गुरुङलाई नियुक्त गरिएको छ भने सदस्यमा डा तरुण पौैडेल नियुक्त गर्ने निर्णय भएको छ। प्रति्ष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले उक्त समितिका सदस्यस सचिव हुन्।
बैठकले ६ अर्वको पाँच वर्षे बहुबर्षिय गुरुयोजना समेत पारित गरेको प्रतिष्ठानका रजिष्टार काफ्लेले जानकारी दिए।
उनले चालु आर्थिक वर्षका लागि ६९ करोड रुपैयाँ बराबरको बजेट रहेको बताए।
बैठकमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, प्रतिष्ठानका उपकलपति डा राजेन्द्र वाग्लेलगायतका प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थित थिए।
