काठमाडौं- राष्ट्रिय सभा सदस्य कोमल वलीले चिकित्सा शिक्षाको शैक्षिक क्यालेन्डर पछाडी धकेलिएको विषय सभामा उठाएकी छिन्।
उनले विद्यार्थीहरुको शुल्क लगायतका विषय समाधान गर्नुपर्ने र नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्नुपर्ने विषयमा जोड दिएकी छिन्।
‘चिकित्साशास्त्रमा गत असोजमा सुरु हुनुपर्ने सत्र अहिलेसम्म किन शुरु भएन?’ उनले सभामा सरकारलाई प्रश्न गर्दै भनिन्, ‘शैक्षिक क्यालेन्डर ६ महिना धकेलिएको भन्निन्छ । केही विद्यार्थी विदेशीन वाध्य भएको कुरा आएको छ। खासमा भएको के हो?’
उनले बंगलादेशको कालोसूचीमा परेका मेडिकल कलेजमा दुतावासले नै सिफारिस गरेको विषयमा पनि ध्यानाकर्षण गरेकी छिन्।