विश्व स्वास्थ्य

बीएचयूमा डाक्टरलाई किन पढाउन लागियो भूत शिक्षा?

स्वास्थ्य खबरपत्रिका

बनारस हिन्दू विश्वविद्यालयमा नयाँ पाठ्यक्रम सुरु हुने भएकाे छ। जसमा डाक्टरहरुलाई भूत देखेकाे दाबी गर्ने र भूतकाे छाया परेकाे बताउने बिरामीकाे उपचार कसरी कसरी गर्ने भन्ने सिकाइने छ। यो छ महिने कोर्स जनवरीदेखि सुरु हुनेछ।

अधिकारीहरुका अनुसार यो कोर्सले विशेष गरी साइकोसोमेटिक डिसअर्डरको बारेमा सिकाउँदछ जुन प्राय: असामान्य घटनाहरूसँग सम्बन्धित हुन्छ। यो कोर्स आयुर्वेद विभागद्वारा सुरु गरिने बताइएकाे छ।

बीएचयूका एक अधिकारीले न्यूज एजेन्सी आईएएनएसलाई विश्वविद्यालयमा भूत शिक्षाको एक अलग इकाई स्थापना गरिएको जानकारी दिएका हुन्।

'भूतको शिक्षा मुख्यतया साइकोसोमेटिक डिसआर्डरको बारेमा सिकाइनेछ। जुन अज्ञात कारणहरू र दिमागी वा मानसिक स्थितिको रोगहरूको कारण हुने रोगहरूसँग सम्बन्धित छ।' आयुर्वेद संकायका डीन यामिनी भूषण त्रिपाठी भन्छिन्, 'याे विश्वविद्यालय मुलुकको पहिलो यस्तो विश्वविद्यालय थियाे, जसले पहिलो पटक यस्तो कोर्स सुरु गर्याे, जसमा डाक्टरहरुलाई आयुर्वेदमार्फत् भूत सम्बन्धी चीजहरुको उपचारको बारेमा सिकाइएको थियो।'

आयुर्वेदिक उपचारमा सामान्यतया जडिबुटी औषधि, आहार परिवर्तन, मसाज, सास र श्वास छोड्ने र व्यायाममार्फत् उपचार समावेश छ।

सन् २०१६ मा नेशनल इन्स्टिचियुट अफ हेल्थ एण्ड न्युराेसाइन्सद्वारा जारी एक अध्ययनअनुसार लगभग १४ प्रतिशत  भारतीयमा मानसिक समस्या छ। र वर्ष २०१७ मा विश्व स्वास्थ्य संगठनकाे एक अनुमानअनुसार करिब २० प्रतिशत भारतीयले जीवनमा निराशा अनुभव गर्छन्। देशमा मानसिक रोगहरूको बारेमा पर्याप्त जागरूकताको अभाव छ।

सामाजिक दबाब र जागरुकताकाे कमीका कारण धेरै कम बिरामी चिकित्सकसँग उपचारका लागि जान्छन्। धेरै बिरामी तान्त्रिकसँग जान्छन्। याे  ग्रामीण क्षेत्र र धेरै छ।

जब सरकारी विश्वविद्यालय बीएचयूले भूत शिक्षाको पाठ्यक्रम सुरु गर्न लाग्याे तब सामाजिक सञ्जालमा यसका बारेमा चर्चा सुरु भयाे। धेरै व्यक्तिहरुले पाठ्यक्रम सुरु गर्नु राम्रो भएकाे बताएका छन्। डा भूषण शुक्ला लेख्छन्, 'धेरै गम्भीर मानसिक रोगहरुको उपचार आधुनिक औषधी र पुन: हेब सेन्टरमा गर्न सकिन्छ।'

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने