काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले शैक्षिक सत्र २०७६/७७ को एमबिबिएस, बिडिएस, नर्सिङ लगायतकका विषयमा स्नातक तहमा विद्यार्थी भर्नाका लागि अनलाइन काउन्सेलिङ गर्ने निर्णय गरेको छ।
आइओएमको परीक्षा नियन्त्रण महाशाखाका अनुसार छात्रवृत्ति बाहेकका विद्यार्थी कोटाहरुमा अनलाइन काउन्सेलिङका आधारमा भर्ना हुने व्यवस्था भएको हो।
आइओएमले सम्बन्धन प्राप्त मेडिकल कलेजलाई प्रवेश परीक्षा नतिजाको योग्यताक्रम अनुसार विद्यार्थीसँग अनलाइन परामर्श गर्दै उनीहरुले रोजेको विषयअनुसार भर्ना हुने विद्यार्थी छनोट गर्ने छ।
अनलाइन काउन्सेलिङ मार्फत क्याम्पस तथा कलेज छनोटका लागि विद्यार्थीहरुले आइओएमको अनलाइन आइओएम डट इडियु डट एनपी वा आइओएम एक्जाम डट इडियु डट एनपीमा गएर अनलाइन काउन्सेलिङ भन्ने विवरण लेखिएको स्थानमा जानु पर्ने हुन्छ।
त्यसपछि विद्यार्थीले आइओएमले माग गरे अनुसारको विवरण अनलाइन मार्फत दिनुपर्ने हुन्छ। सोही आधारमा प्रक्रिया अगाडि बढेर भर्ना हुन पाउने व्यवस्था बनाइएको छ।
आइओएमले पहिलो पटक अनलाइन काउन्सेलिङको व्यवस्था लागू गरेको आइओएमका डिन डा जगदिश प्रसाद अग्रवालले जानकारी दिए। उनले भर्ना प्रक्रियालाई वैज्ञानिक र व्यवस्थित बनाउँदै विद्यार्थीको सहजताका लागि अनलाइन बनाइएको जानकारी दिए।
यस्तो छ प्रक्रिया
-1.jpg)
-2.jpg)
-3.jpg)
-4.jpg)
पिडिएफमा हेरौं :