काठमाडौं - सरकारी चिकित्सक संघ नेपालको आसन्न निर्वाचनका लागि दुई जना निर्वाचन अधिकृत तोकिएका छन्।
प्रमुख निर्वाचन अधिकृत डा रुद्र मरासिनीले डा पवन कुमार हमाल र डा टेकेन्द्र चौलागाईंलाई निर्वाचन अधिकृत तोकेका हुन्।
निर्वाचनलाई अझ बढी व्यवस्थित र निष्पक्ष बनाउन दुई जना निर्वाचन अधिकृत तोकिएको डा मरासिनीले जानकारी दिए।
सरकारी चिकित्सक संघको निर्वाचनको मिति भने तोकिएको छैन। निर्वाचन मिती छिट्टै तोकिने बताइएको छ। संघको निर्वाचनमा मतदान गर्न माघ २९ गतेसम्म सदस्यता लिन सक्ने समय तोकिएको छ।
