काठमाडौं- कोशी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा गुणराज लोहनीको सरुवा भएको छ। डा लोहनीलाई अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याइएको मन्त्रालय स्रोतले जानकारी दियो।
डा लोहनीलाई मन्त्रालयमा सरुवा गरे पनि हालसम्म कुनै पनि महाशाखाको जिम्मेवारी भने नदिइएको स्रोत बताउँछ।
डा लोहनीको सरुवा भएपछि कोशी अस्पतालमा सोही अस्पतालका वरिष्ठ चिकित्सकले निमित्तको जिम्मेवारी पाएका छन्।
डा लोहनी १२ औं तहमा बढुवा हुने कर्मचारीको सूचीमा समेत छन्।
डा लोहनीलाई गत भदौमा कोशी अस्पतालमा पठाइएको थियो। त्यस अघि उनी स्वास्थ्य सेवा विभागका महानिर्देशक थिए।