काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल नर्सिङ काउन्सिलको रिक्त रहेको सदस्य पदका लागि दुई जनाको नाम सिफारिस गरेको छ।
मन्त्रालयले नर्स सानु तुलाधर र दुर्गालक्ष्मी श्रेष्ठको नाम मन्त्रिपरिषद्मा पठाएको हो। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार बसेको बैठकमा उक्त नाम सिफारिस गरेका हुन्।
उक्त नामका विषयमा मन्त्रिपरिषदमा निर्णय भए नभएको विषयमा भने अझै जानकारी बाहिर ल्याइएको छैन।
मन्त्रालयले तुलाधारलाई क्याम्पस प्रमुख तर्फबाट र श्रेष्ठलाई सरकारी कोटाबाट सिफारिस गरेको हो।
काउन्सिलमा हाल ३ जना सदस्यको पद रिक्त रहेको छ। मन्त्रालयले दुई जनाका लागि नाम सिफारिस गरे पनि अझै मेट्रोनहरुका तर्फबाट हुने सदस्य पद खाली नै रहने देखिएको छ। मेट्रोनहरुको तर्फबाट पनि मन्त्रालयले नै नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ।
काउन्सिलमा १५ सदस्य बोर्ड रहने छन्।