काठमाडौं- स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशकमा सुनिल शर्मा नियुक्त भएका छन्।
हाल मन्त्रालयमा काजमा रहेका शर्मालाई मंगलबार केन्द्रको निर्देशकको जिम्मेवारी दिइएको हो।
उनलाई तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्रालयमा तानेका थिए। शर्मा मन्त्रालय तानिएपछि १० औं तहका कुञ्ज जोशीलाई जिम्मेवारी दिइएको थियो।
हालका स्वास्थ्य मन्त्री ढकालले मन्त्रालयमा जिम्मेवारी बिहिन रुपमा रहेका शर्मालाई पुनः निर्देशकको जिम्मेवारी दिएका हुन्।