काठमाडौं - झापास्थित बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले २० लाख रुपैयाँ घुस मागेको आरोप लगाएका छन्।
प्रसाईंले आरोप लगाएको केही घन्टापछि नै डा गिरीले त्यसको खन्डन गरेका छन्। डा गिरीले आफूमाथि लगत आरोप लगाउने प्रसाईंविरुद्ध कानुनी उपचार खोज्ने समेत बताएका छन्।
प्रसाईंले बिएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिनका लागि डा गिरीले २० करोड माग गरेको आरोप लगाएका हुन्।
२० करोड घुसको विषयमा प्रसाईं र डा गिरी के भन्छन् हेरौं भिडियोमा