मुख्य समाचार

एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी सहित १२ विषयको शुल्क तोकियो (कुनमा कति?)

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले स्नातक तहका विभिन्न १२ शैक्षिक कार्यक्रमको लागि शुल्क तोकेको छ। 

आइओएमले एमबिबिएस र बिडिएसमा सरकारले निर्धारण गरेको आधारमा शुल्क निर्धारण गरेको छ। जसअनुसार एमबिबिएसका लागि उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ र उपत्यकाभित्र ४० लाख २३ हजार २ सय ५० तोकेको छ। त्यस्तै बिडिएसका लागि २० लाख १९ हजार पाँचसय ८० रुपैयाँ, बीपीएच, बीएसस्सी, मेडिकल ल्याव टेक्नोलोजिष्ट, बी फार्मेसी र बीएस्सी एमआईटीको शुल्क ७ लाख २५ हजार ८ सय १८ तोकेको छ।

ब्याचलर इन आयुर्वेद मेडिसिन एण्ड सर्जरी बिएएमएसको १३ लाख ८८ हजार ८ सय, ब्याचलर इन नर्सिंग साइन्स (बिएनएस)को ५ लाख २५ हजार र बिएससी नर्सिंगका लागि ७ लाख ८२ हजार शुल्क तोकिएको छ।

प्राप्त प्रतिकृयाहरू

chandrakishor kalyan लेख्नुहुन्छ २०७६ पौष २४ बिहीबार ६:१८ 

सरकारकाे अनुगमन गर्ने प्रकृया के हाे ?

Amit Mandal लेख्नुहुन्छ २०७६ पौष २३ बुधबार ८:३९ 

CMA/HA ले गर्न सकिन्छ

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने