काठमाडौ- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नाम सिफारिस गर्न सर्च कमिटि गठन भएको छ ।
शुक्रबार सम्पन्न प्रतिष्ठानको ४३ औँ सिनेट बैठकले प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झा र अर्थ सचिव राजन खनाल सदस्य रहेकाे तीन सदस्यीय सर्च कमिटि गठन गरेकाे हाे। सो सर्च कमिटिले कुलपति समक्ष नाम सिफारिस गर्नेछ ।
भ्रष्टाचार गरेको अभियोग लागेका डा राजकुमार रौनियार गत २६ फागुनमा पदमुक्त भएपछि प्रतिष्ठान उपकुलपति विहिन छ। गत १६ र १७ फागुनमा बसेको ४२ औँ सिनेट बैठकले रौनियारलाई पदमुक्त गर्न कुलपति समक्ष सिफारिस गरेको थियो।