मुख्य समाचार

स्वास्थ्य मन्त्री ढकाललाई कानुन मन्त्रालयको पनि जिम्मेवारी

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- समाजवादी पार्टीले सम्हाल्दै आएका दुई मन्त्रालयको कार्यभार स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र संचारमन्त्री गोकुल बाँस्कोटालाई जिम्मेवारी दिइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले  कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट राजीनामा दिएपछी रिक्त रहेको उक्त मन्त्रालयको जिम्मेवारी स्वस्थ्य मन्त्रालयको कार्यभार सम्हालिरहेका ढकाललाई दिएकी हुन्।

यसैगरी शहरी विकास मन्त्रालयबाट समाजवादी पार्टीकै इस्तियाक राईले राजिनामा दिएपछि खाली रहेको सो मन्त्रालयको जिम्मेवारी सञ्चार मन्त्री बाँस्कोटालाई दिइएको छ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने