धनगढी - सुदूरपश्चिम प्रदेश स्तरिय नेपाल डेण्टल साइन्स हाइजेनिष्ट एसोसिएनमा नयाँ कार्यसमिति चयन भएको छ।
प्रदेश राजधानी धनगढीमा सम्पन्न चौँथो साधारण सभाले दिपेन्द्र शाहीको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरेको हो। शाहीलाई अध्यक्षमा निर्विरोध चयन भएका हुन्।
कार्यसमितीको उपाध्यक्षमा मिना सिंह र नविन प्रकाश भण्डारी चयन भएका छन्। महासचिवमा मोहन साँउद, सचिवमा भुपेन्द्र तिवारी र विवेक पण्डित, कोषाध्यक्षमा रमेश जोशी चयन भएका छन्।
यस्तै सल्लाहकारमा जगदिश चौधरी, बसन्त बुढा, पदम शाही, दिपेन्द्र बिष्ट र नरेश शाही निर्विरोध चयन भएका छन्।
प्रदेश स्तरिय कार्यसमितीले प्रदेश अन्तरगत रहेका विभिन्न जिल्लामा दन्त स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्नुका साथै समस्या समाधानका लागि पहल गर्ने नवनिर्वाचित अध्यक्ष शाहीले बताए।