नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि शनिबार उपत्यका बाहिर मतदान भएको छ। उपत्यकाबाहिरका मतदान केन्द्रमा बिहान ११ बजेदेखि ४ बजेसम्म मतदान भएको थियो । उपत्यका बाहिर भोली आइतबार पनि मतदान हुने छ। पहिलो दिन धेरैजसो निर्वाचन केन्द्रमा उत्साहजनक रुपमा निर्वाचन भएको बताइएको छ। पहिलो दिनको मतदानमा १४ सय ७६ मत खसेको छ।
संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा उत्रेका छन्। उपत्यकाभित्र भने यही माघ १७ देखि २१ गतेसम्म मतदान हुनेछ।
नयाँ कार्यसमितिका लागि डा लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समुह र डा पुष्पमणि खरालले नेतृत्व गरेको समावेशी पेशागत समुह मुख्य प्रतिस्पर्धामा छन्।
भिडियो :
उपत्यकाबाहिर कहाँ कति मत खस्यो?
१. मेची : खसेको मत - ८१, मतदाता - १३०
२. कोशी : खसेको मत - १७३, मतदाता - १७३
३. सिरहा : खसेको मत - २९, मतदाता - २१ आसपासका जिल्लाबाट पनि आएर गरेकोले बढी मत।
४. धरान : खसेको मत -१६० , मतदाता -३७३
५. सगरमाथा : खसेको मत - ३३ , मतदाता -४२
६. जनकपुर : खसेको मत - ११० , मतदाता -३८०
७. नारायणी : खसेको मत - १५२ , मतदाता -४००
८. चितवन : खसेको मत -१८५ , मतदाता -४५०
९. गण्डकी : खसेको मत - ११३, मतदाता -२४०
१०. लुम्बिनी : खसेको मत - १८३, मतदाता -३५०
११. भेरी : खसेको मत - ७६, मतदाता - १९६
१२. सेती : खसेको मत - ५८, मतदाता - १०२
१३. सुर्खेत : खसेको मत -२२, मतदाता -२६
१४. दाङ : खसेको मत - ३८, मतदाता - ९०
१५. जुम्ला : खसेको मत -१९, मतदाता -२५
१६. पाल्पा : खसेको मत -४४, मतदाता -१००