काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका दुई जना उपसचिवको सरुवा भएको छ। मन्त्रालयले उपसचिव भानुभक्त न्यौपाने र इन्द्र गौतमलाई सरुवा गरेको हो।
न्यौपानेलाई भक्तपुरस्थित क्षयरोग केन्द्रमा र गौतमलाई स्वास्थ्य सेवा विभागमा सरुवा गरेको मन्त्रालयले जनाएको छ।
न्यौपाने मन्त्रालयको कर्मचारी प्रशासन शाखामा थिए भने गौतम अन्तरिक प्रशासनमा थिए।