काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागमा रहेका पानबहादुर क्षेत्रीको सरुवा गरेको छ। क्षेत्रीलाई मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा अन्तर्गतको गुणस्तर, मापदण्ड तथा नियमन शाखामा ल्याइएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै सो शाखाको जिम्मेवारीमा रहेकी संगीता साहलाई औषधि व्यवस्था विभागमा सरुवा गरेका हुन्।
क्षेत्री र साह दशौँ तहका वरिष्ठ औषधि व्यवस्थापक हुन्। क्षेत्री साहभन्दा वरिष्ठतामा अघि छन्।