मुख्य समाचार

नेपाल आएका ८ भारतीय पर्यटकको उपचारका क्रममा मृत्यु

काठमाडौं- मकवानपुरको दामनस्थित एक होटलमा सुतेको अवस्थामा बेहोस भएका आठ जना भारतीय पर्यटकको मृत्यु भएको छ।

उनीहरुको उपचारको क्रममा काठमाडौंस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

मृत्यु हुनेमा ४ जना बालबालिका छन् भने दुई पुरुष र दुई महिला छन्। उनीहरु दुई परिवारका सदस्य भएको हुनसक्ने प्रहरीले जनाएको छ।

बेहास उनीहरुको उद्धार गरी हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको थियो। कोठामा हिटर बालेर सुतेका उनीहरु बेहोस अवस्थामा फेला परेका थिए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने