काठमाडौं- कोरोना भाइरसको संक्रमण विश्वका ११ देशमा देखिएको छ। यो भाइरसबाट सबैभन्दा बढी चीन प्रभावित भएको छ। चीनमा हालसम्म यो भाइरसका कारण ५६ जनाको ज्यान गइसकेको छ भने १९ सय ८५ जना संक्रमित भएका छन्।
सबैभन्दा पहिला यो भाइरस चीनमा नै देखिएको थियो। चिनको उहान सहरमा देखिएको भाइरसको संक्रमण नेपालमा समेत आइपुगेको छ। चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा उक्त भाइरस भेटिएको पुष्टि समेत भइसकेको छ।
यस्तै चीनबाट नै फर्किएका थप दुई नेपाली र एक अमेरिकन नागरिकलाई संक्रमणको आशंका गरिएको छ। उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।
भाइरसको संक्रमण चीनपछि सबैभन्दा बढी थाइल्यान्डमा भेटिएको छ। थाइल्यान्डका पाँच जनामा यो भाइरसको संक्रमण भेटिएको पुष्टि भइसकेको छ।
यी हुन् कोरोना भाइरसको संक्रमण फेला परेका ११ देश र संक्रमित संख्या
चीन- १९८५
थाइल्यान्ड- ५
अष्ट्रेलिया- ४
सिंगापुर- ४
जापान- ३
कोरिया- २
भियतनाम- २
मलेसिया- ३
फ्रान्स- ३
अमेरिका- २
नेपाल- १
जम्मा- २०१४
मृत्यु- ५६