काठमाडौं- कोरोना भाइरसको संक्रमणको आशंका गरिएका एक नेपालीमा संक्रमण नभेटिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। चीनबाट फर्किएका थप दुई नेपालीमा कोरोनाको आशंका गरिएको थियो।
उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको थियो। उपचाररतमध्ये एक जनामा संक्रमण नभेटिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। तर, अर्का एक नेपालीमा भने अझै परीक्षण भइरहेको छ। आशंका गरिएका अर्का बिरामीको नुमना परीक्षण भइरहेको बताइएको छ।
चीनबाट फर्किएका एक विद्यार्थीमा यसअघि नै कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको थियो।
यो पनि
के मास्कले कोरोना भाइरसको संक्रमणलाई रोक्छ?