काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ। संक्रमण फैलन नदिन मन्त्रालयले विमानस्थलदेखि चीनसँग जोडिएको नाकामा हेल्थ डेस्क स्थापना गरिसकेको छ। यसका साथै नेपालमा नै कोरोना भाइरसको प्रयोगशाला परीक्षण समेत सुरु भएको छ।
कोरोना भाइरसको संक्रमणपछि सरकारले के के तयारी गरेको छ? हालसम्म के के निर्णय भए र चीनमा रहेका नेपालीको विषयमा के निर्णय भएको छ? भन्ने विषयमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठसँगको भिडियो कुराकानी :