काठमाडौं- धारनस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ जानले आवेदन दिएका छन्। स्वास्थ्य मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा रहेको तीन सदस्य उपकुलति सर्च कमिटीले उपकुलपतिका लागि इच्छुकसँग आवेदन माग गरेको थियो।
निर्धारित समयमा १६ जनाले निवेदन परेको छ। १६ जनामध्ये ८ जना प्रतिष्ठानभित्रबाट र बाँकी ८ जना प्रतिष्ठान बाहिरबाट रहेका छन्।
यी हुन् उपकुलपतिका लागि आवेदन दिने १६ जना
१. डा गुरु खनाल
२. डा सञ्जिब शर्मा
३. डा गेहनाथ बराल
४. डा ज्ञानेन्द्र गिरी
५. डा नारायण बिक्रम थापा
६. डा रोजन्द्रप्रसाद साह
७. डा विक्रमप्रसाद श्रेष्ठ
८. डा प्रल्हाद कार्की
९. डा बिएन यादव
१०. डा पारसकुमार पोखरेल
११. डा सिएस अग्रवाल
१२. डा गजेन्द्रप्रसाद रौनियार
१३. डा बद्रीप्रसाद बडु
१४. डा आरपी बिच्छा
१५. डा अनिल मिश्र
१६. डा हरिषचन्द्र उप्रेती