भरतपुर अस्पतालको आइसोलेसन वार्ड
चितवन- भरतपुर अस्पतालले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न पाँच बुँदे निर्णय गरेको छ। अस्पतालमा शुक्रबार बसेको विशेषज्ञसहितको बैठकले सम्भावित कोरोना भाइरसको संक्रमण रोक्न र त्यसको व्यवस्थापनका लागि पाँच बुँदे निर्णय गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए।
उनका अनुसार अस्पतालले पहिलो नम्बरमा पाँच शय्या क्षमताको आइसोलेसन वार्ड स्थापना गरेको छ। अस्पतालको ए ब्लकको तेस्रो तलामा यस्तो वार्ड निर्माण गरिएको उनले जानकारी दिए।
अस्पतालले कोरोना भाइरसको संकास्पद बिरामीको चेकजाँच गर्न अस्पतालको मेडिसिन विभागका कन्सलटेन्ट फिजिसियन डा प्रमोद पौडेल र डा कल्याण सापकोटालाई फोकल पर्सन तोकेको छ।
यस्ता छन् ६ बुँदे निर्णय
